मानव अधिकार तथा शान्ति समाज संखुवासभाको ५ औं साधारणसभा सम्पन्न

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । मानव अधिकार तथा शान्ति समाज शाखा संखुवासभाको ५ औं साधारणसभा सम्पन्न भएको छ । मंगलबार सदरमुकाम खाँदबारी स्थित उद्योग वाणिज्य संघको हलमा सभा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य लक्ष्मी नारायण मिश्र, जिल्ला स्थित मानव अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

केन्द्रिय सदस्य मिश्रले दन्द्धको समयमा मानव अधिकार तथा शान्ति समाजले शान्ति स्थापना र मानव अधिकारको विषयमा महत्वपूर्ण भूमिका खेलेको बताए । सभाले आगामी वर्षमा मानव अधिकारका विषयमा सञ्चालन गरिने भावी योजना समेत तय गरिएको समाजका संखुवासभा अध्यक्ष गोकुल खनालले बताए ।


प्रकाशित : २०७८ मंसिर १५ बुधबार