
काठमाडौं । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो ।
प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् । हिंसामा पर्नेमा ६३ प्रतिशत महिला सांसद् पनि रहेका छन् । यो वर्षको सुरुवातमा संसद्को एक पूर्व कर्मचारीले आफू बलात्कृत भएको बताएपछि गरिएको अध्ययनले यस्तो तथ्य निकालेको हो । प्रतिवेदन सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनले भयावह अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रकाशित : २०७८ मंसिर १५ बुधबार