आज ३४ औं विश्व एड्स दिवस

[sharethis-inline-buttons]

काठमाडौं । ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाइदैछ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ ।

सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १० वर्षमा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको केन्द्रले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना थपिएका छन् । योसँगै नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि मुख्य कारण मानिएको छ । नियमित रुपमा एन्टिरेट्रो भाइरल औषधि सेवन गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रकाशित : २०७८ मंसिर १५ बुधबार