सिन्धुलीको एक गोदाममा भीषण आगलागी, १० करोड भन्दा धेरैको क्षति

[sharethis-inline-buttons]

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा रहेको पसलमा आगलागी हुँदा करोडौको क्षति भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा रहेको शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टर र कनिष्का कोल्ड स्टोरमा मंगलबार आगलागी भएको हो । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरमा भएको आगलागीबाट १० करोड चालिस लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगले आगलागी चार घण्टा पछि नियन्त्रणमा आएको थियो । आगलागीबाट शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरको ६ करोड ६५ लाखको क्षति भएको छ भने कनिष्का कोल्ड स्टोरको गोदाममा समेत आगो लाग्दा ३ करोड ७५ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुवै पसलको गोदाममा आगो लागे पनि पसलमा भएका सामान भने जोगाइएको छ । तीन वटा वारुण यन्त्रको सहायतामा आगो नियन्त्रणमा आएको हो ।


प्रकाशित : २०७८ मंसिर १५ बुधबार