
काठमाण्डौ । म्यानमारको सैन्य सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्ट विरुद्ध अर्को नयाँ आरोप पत्र दायर गरेको छ ।
हेलिकप्टरको खरिद र भाडामा भ्रष्टाचार गरेको आरोप सहित सेनाले दुबैलाई उक्त आरोप पत्र दायर गरेको हो ।भ्रष्टाचार विरोधी कानून अन्तर्गत सेनाले यस आरोपको पुष्टि गर्न सके कम्तिमा १५ बर्ष जेल सजाँय हुन सक्ने म्यानमारको सरकारी टेलिभिजन एमआरटीभीले जनाएको छ । सुकीले सेना विरुद्ध उक्साहट र कोभिड–१९ प्रोटोकलको उल्लङ्घनलगायत करिब एक दर्जन मुद्दाको सामना गरिर हनुभएको छ ।
तर सुकीले भने सेनाले लगाएको अहिलेसम्मका सबै आरोप अस्वीकार गरिरहनुभएको छ ।७६ वर्षीया सुकीलाई फेब्रुरुअरी १ सेनाले कू गर्दै अपदस्थ गरेको थियो ।