१५ मंसिर,काठमाण्डौ । आजदेखि देशभर चिसो बढेको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय प्रणाली हिजो साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्दै गईरहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई÷यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यतिबेला सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू–भागहरुमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाको तापक्रम ६ दशमलब ३ डिग्रि सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम जुम्लामा माईनस ४ दशमलब ८ डिग्रिसेल्सियस छ । बिहान ६ बजे काठमाण्डौ उपत्यकाकाके ताक्रम ८ डिग्रिसेल्सियस मापन गरिएको छ ।बिहान ६ बजेर ३६ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।