
काठमाडौं । प्रहरीले सिरहाबाट अबैध सुन र नगद सहित दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका सातमा रहेको ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी खड्क न.पा. ११ बस्ने वर्ष २५ को तौहिद आलम र सप्तरी खड्क न.पा. ११ बस्ने वर्ष २५ को तौहिद आलम रहेका छन् । प्रहरीले आलमको साथबाट ५० ग्राम सुनका साथै स्रोत खुल्न नसकेको तिन लाख एकानब्बे हजार आठ सय तिन रुपैयाँ बरामद गरेको छ । भने अख्तरको साथबाट चौवन्न हजार नगद बरामद गरेको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ मंसिर १५ बुधबार