घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता बन्न सक्दैन-ओली

[sharethis-inline-buttons]

काठमाडाैं ।  नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् । मंगलबार चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले अब ३ महिना मात्र समय भएकाले उत्साहका साथ काममा फर्किनुपर्ने बताएका हुन् ।

उनले अब अब अरु पार्टीबाट धेरैभन्दा धेरै कार्यकर्ता भित्र्याउने अभियान चलाउनुपर्ने बताएका छन् । साथै उनले एमालेका नेता/कार्यकर्ता अध्ययनशील बन्नुपर्ने र अरू पार्टीले एमालेबाट अनुसरण गर्न सक्ने खालको बन्नुपर्ने बताए । ओलीले घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन नसक्ने भन्दै नागरिकको सेवामा विनम्रताका साथ लाग्ने व्यक्ति मात्रै नेता बन्न सक्ने बताए ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार