काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शौराहमा नै बस्ने भएको छ । यस्तै एमालेको अध्यक्ष पदमा दोस्रो पटक केपी शर्मा ओली विजयी हुनुभएको छ । एमालेको आज सम्पन्न दशौं महाधिबेशनबाट ओली अर्का प्रत्यासी भिम रावललाइ पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष ओलीले १८०८ मत पाउनुभएको छ भने अर्का प्रत्यासी रावलले २२३ मत प्राप्त गर्नुभएको छ । ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने गरि कोशिश गर्नुभएको भएपनि रावल पछाडी नहटेपछि चुनाब भएको हो ।
अघिल्लो नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई झिनो अन्तरले पराजित गर्नुभएका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गर्नुभएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेर चुनाब गर्नुपर्दा महाधिवेशन २ दिन लम्बिएको छ । नेतृत्व चयन गर्दै अस्ति महाधिवेशन सकिनुपर्ने भएपनि आज मात्रै सकिएको हो ।