डडेल्धुरा काँग्रेसको अनशन स्थगित

[sharethis-inline-buttons]

काठमाडाैं । क्रियाशील सदस्यता वितरणको बिषयलाइ लिएर असन्तुष्टि जनाउदै अनसनमा बसेका नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरुले अनसन स्थगित गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी अधिवेशनको १४ औं दिनमा उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन स्थगित गरेका हुन् ।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस बिषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराउनुभयो । जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधैं नाम थपेपछि विवाद उत्पन्न भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार