थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

[sharethis-inline-buttons]

काठमाडौं । नेपालमा मंगलबार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ३ सय २९ पिसिआर परिक्षणका क्रममा २ सय ४५ जना र २ हजार १ सय ४० एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १६ हजार ८ सय ६४ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कराण ११ हजार ५ सय २६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ५६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २ हजार ९ सय ९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार