
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित हुनु भएको छ ।मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली पुनः निर्वाचत हुनु भएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १८ सय ८ मत र भीम रावलले २२३ मत प्राप्त गर्नु भएको छ । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।एमालेको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी छ।
यस्तै पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।
प्रकाशित : २०७८ मंसिर १४ मंगलवार