प्रधानन्यायाधीशविरुद्ध बारको विरोध प्रदर्शन जारी

[sharethis-inline-buttons]

काठमाडौं   ।नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो ।

धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागू हुन लागेको गोलाप्रथाको स्वागत गर्नुभयो । उहाँले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागू नभएकाले सो स्थानमा कालोपट्टी बाधेर काम गर्ने बताउनुभयो । पौडेलले प्रधानन्यायधिश गोला प्रथामा सहभागी भए उहाको इजलासमा बहस नगर्न अनुरोध गर्नुभयो ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्चमा धर्ना दिइरहेको छ । यता कोभिड निमोनिया देखिएपछि प्रधानन्यायाधीश जबराको सोमबार साँझदेखि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना हुनुभएको छ । प्रधानन्यायाधीश जबरालाई सोमबार संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार