
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सङ्गठन विस्तारमा लागेको छ । चुनाव नजिकिँदै गर्दा अन्य पार्टी जस्तै लोसपा पनि सङ्गठन विस्तारको अभियानमा लागेको हो । नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी अहिले गाउँ, टोल, जिल्लामा सङ्गठन विस्तारको रणनीतिमा लागेको बताउनुभयो ।
उहाँले जनता समाजवादी पार्टीसँगको एकतापछि केन्द्रबाहेक अन्य कुनैपनि निकायमा समायोजन नभएका कारण अब सङ्गठन विस्तारमा जुटेको पनि बताउनुभयो । जनता समाजवादी पार्टीसँग अलग भएर नयाँ पार्टी बनेपछि लोसपालाई सङ्गठन विस्तारमा चुनौती थपिएको छ । चुनावको मिति नजिकिँदै जादा दलहरू सङ्गठन विस्तारमा केन्द्रीत बनेका छन् ।
प्रकाशित : २०७८ मंसिर १४ मंगलवार