एमाले महाधिवेशन : मतदान सकियो, तीन घन्टाभित्र परिणाम आउने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिले मत हालेका छन् ।

सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । यस्तै घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्। मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

 


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार