लगातार तापक्रम घट्दै, देशभरको मौसममा आंशिक बदली

[sharethis-inline-buttons]

१४ मंसिर,काठमाण्डौ ।यतिबेला देशभरको मौसममा आंशिक बदली आएको छ ।हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण काठमाण्डौ उपत्यकासंगै देशभर मौसम धुम्म रहेको छ ।

जसका कारण मधुरो घाम लागेको छ । मौसम धुम्म भएसंगै चिसो पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाको तापक्रम ६ दशमल ६ डिग्रि सेल्सियस मापन गरिएको छ ।तापक्रम घटेसंगै निकै चिसो महसुस गरिएको छ ।आज दिउँसो पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।बिहान ६ बजेर ३६ मिनेटमा झुल्एिको घाम बेलुकी ५ बजेर ८ मिनेटमा अस्ताउनेछ ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार