एमाले महाधिवेशनमा मतदान जारी, आजै परिणाम आउने

[sharethis-inline-buttons]

१४ मंसिर,काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तरगत अहिले मतदान भईरहेको छ । बिहान ४ बजेबाट जारी मतदानमा बिहान ६ बजेसम्म ७०० मतदाताले मतदान गरेको एमालेले जनाएको छ ।

एकपटकमा ६९ जनाले मत खसाल्ने व्यवस्था मिलाइएको छ । अध्यक्षका उमेदवार केपी शर्मा ओली, भिम रावललगायतले मतदान गरिसकेका छन् । सर्वसम्मतीको प्रयास असफल भएपछि नेतृत्त्व चयनका लागि मतदान भएको हो । हिजो बेलुका ९ बजेबाट मतदान हुने भनिएपनि ढिला गरी बिहान ४ बजेकाट मात्रै मतदान सुरु भएको हो ।


प्रकाशित : २०७८ मंसिर १४ मंगलवार