एमालेको वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वय विजयी

[sharethis-inline-buttons]

चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचति भएका छन् । हिजोसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आउनुभएका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनु भएको हो ।

नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाउनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राखेपछि उहाँ एकल उम्मेदवार बन्नुभएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत गयरातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गर्नुभएको थियो । यसैगरी नेकपा एमालेको महासचिवमा शङ्कर पोखरेल पनि सर्वसम्मत चुनिनुभएको छ । कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।


प्रकाशित : २०७८ मंसिर १३ सोमबार