काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदान अझै सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको भए पनि सहमतिको प्रयास जारी रहेकाले मतदान हुन ढिला भएको हो ।
उम्मेदवारको अन्तिम नामावली अभै सम्म पनि प्रकाशन भएको छैन् । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।
प्रकाशित : २०७८ मंसिर १३ सोमबार