सिरहामा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने

[sharethis-inline-buttons]

सिरहा । जिल्ला निर्वाचन कार्यालय सिरहाले मंसिर १७ गतेदेखि पौष १८ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन कार्यालय सिरहाले आज एक सुचना जारी गर्दै मंसिर १७ गतेदेखि पौष १८ गतेसम्म नामावली संकलन कार्यक्रम  सञ्चालन गर्ने जानकारी दिएको हो ।

मतदाता नामावली संकलन कार्यक्रम १५/१५ दिन गरि दुई चरणमा सञ्चालन गरिनेजिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दीरा यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जसअनुसार मंसिर १७ गतेदेखि पुस २ गतेसम्म कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका, विष्णुपुर गाउँपालिका र नवराजपुर गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै दोस्रो चरणको कार्यत्रलम अन्तरगत पुस ४ गते देखि १८ गते सम्म कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका, वरियापट्टी गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका र अर्नमा गाउँपालिकामा मतदाता नामावली संकलन गरिने छ । यस्तै सिरहा नगरपालिकाको हकमा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय सिरहा र लहान नगरपालिकाको हकमा इलाका प्रशासन कार्यलय लहानमा निरन्तर मतदाता नामावली संकलन भइरहेको छ ।

साथै कुनै काम विशेषले अन्य जिल्लामा स्थायी बसोबास भएका नागरिकले उक्त जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको भए मंसिर १७ गतेदेखि अर्काे व्यवस्था नभएसम्म निर्वाचन कार्यलयमा आफ्नो नागरिकताको प्रमाण पत्र सहित उपस्थित भइ मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने छ ।

 

 


प्रकाशित : २०७८ मंसिर १३ सोमबार