लालबाबु पण्डितले अस्वीकार गरे एमालेको केन्द्रीय सदस्य पद

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गर्नू भएको छ ।एमालेको १४औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई केन्द्रीय सदस्यमा छनोट गर्नु भएको थियो ।

आइतबार राति बन्दसत्रमा ओली सार्वजनिक गर्नु भएको ३०१ जना केन्द्रीय सदस्यमा पण्डित पनि समावेश हुनुहुन्छ । नेता पण्डितले कुनै विषयमा पनि असन्तुष्टि नरहेको बताउनु भएको छ । अब कार्यकारी पदमा नबस्ने विचार गरेर केन्द्रीय सदस्य त्यागेको उहाँको सामाजीक संजालमा उल्लेख गर्नु भएको छ ।

 


प्रकाशित : २०७८ मंसिर १३ सोमबार