१० बुँदे सहमति कार्यान्वयन नगर्नु दुर्भाग्य भएको घनश्याम भुषालको गुनासो

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेमा नेताहरुले नेकपा एमाले भावनाले नचल्ने बताएका छन् । चितवनमा जारि १० औं महाधिवेशनमा बन्दसत्रको तेस्रो दिन सोमबार बन्दसत्रमा सहभागि नेताहरुले नेकपा एमाले भावनाका आधारमा नभई सिद्धान्तका आधारमा चल्ने बताएका हुन ।

उनीहरुले पार्टीमा गुट नभएपनि सानातिना गुटहरु बन्न लागेको आरोप लगाउदै नेताहरुले मतदानबाट आउने निष्कर्ष नै अन्तिम हुने जानकारी दिए । ९५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु मध्ये एक जनाले मात्रै दुःख दिएको आरोप लगाए । एमाले केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनले नयाँ सन्देश दिने जानकारी दिनुभयो ।

त्यस्तै एमाले नेता घनश्याम भूषालले १० बुदे कार्यान्वयन नगर्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले जनआदालतले गरेको फैसला स्वीकार गर्ने बताउदै महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको बताउनुभयो । एमाले नेता माधव ढुंगेलले निर्वान हुनु ऐतिहासिक अवसर भएको बताउनुभयो ।

उहाँले सहमतिको प्रायास हुदाहुदै पनि निर्वाचनमा जानु लोकतान्त्रिक पद्धति भएको जानकारी दिदै सबैका इच्छाको सम्ममान गरिने बताउनुभयो । त्यस्तै एमाले नेतृ पार्वती रावलले एमाले महाधिवेशन ऐतिहासिक भएको बताउदै निर्वाचन लोकतन्त्रको स्ुन्दर पक्ष भएको बताउनुभयो । नेता देवी ज्ञवलीले नेकपा एमाले महाधिवेशनपछि भरभराउदो हुने बताउनुभयो ।

उहाँले नेकपा एमाले नयाँ उर्जा र शक्तिका साथ अगाडि बढ्दै देशव्यापी रुपमा अभियान चलाउदै मतपत्र च्यातेर पनि जित्न नसकिने गरि आगामी निर्वाचनमा जित्ने बताउनुभयो । त्यस्तै एमाले नेतृ कमल ओलीले नेकपा एमाले लोकतान्त्रि पार्टी भएको प्रमाण चितवनमा देखाइदिएको बताउनुभयो । उहाँले नेकपा एमालेका कार्यकर्तामा उत्साह कायमै रकेको तर्क गर्नुभयो । नेकपा एमाले ठूलो पार्टी भएकाले अझै उर्जाका साथ अघि बढ्ने एमालेका नेताहरुको भनाई छ ।

 


प्रकाशित : २०७८ मंसिर १३ सोमबार