२ बर्षपछि खुल्यो मलेसिया सिंगापुर नाका

[sharethis-inline-buttons]

१३ मंसिर,काठमाण्डौ ।कोराना महामारीका कारण बन्द रहेको सिंगापुर र मलेसिया जोड्ने नाका करिब २ बर्ष पछि खुल्ला गरिएको छ ।

विश्वको सबैभन्दा व्यस्त सीमानाहरू मध्ये एक महत्वपूर्ण नाका आजबाट खुल्ला गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।सीमा नाका खुल्ला गरिएपनि पूर्ण खोप नलगाएका यात्रुहरुभने यात्रा गर्न पाउने छैन ।

नाका खुलेसंगै परिबार तथा साथीहरुसंग भेट्न पाउने भन्दै धेरैले खुसी ब्यक्त गरेका छन ।नाका खुलेसंगै सिंगापुरको क्वीन स्ट्रिट बस टर्मिनलबाट मलेसियाको लागी पहिलो बसमा छुटेको छ ।यद्धपी नयाँ भेरियन्ट फेला परेको समाचाहरु सार्बजनिक भैरहेका बेला सिमानाहरू फेरी बन्द हुन सक्ने भन्दै बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।


प्रकाशित : २०७८ मंसिर १३ सोमबार