
१३ मंसिर,काठमाण्डौ । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर फैलन नदिन भन्दै जापानले नोभेम्बर ३० अर्थात भोलीबाट बिदेशी पर्यटकलाई जापान प्रबेशमा रोक लगाउने निर्णय गरेको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आज पत्रकारहरुसंग कुरा गर्दै भोली देखि लागु हुने गरी कुनै पनि बिदेशी पर्यटकललाई जापान प्रबेशमा रोक लगाउने निर्णय गरेको बताउनुभयो । बिभिन्न देश पुगेका जापानीहरु पनि जापान आउन सक्ने तर तोकिएका मापदण्ड पुरा गर्दै अनिबार्य क्वारेन्टाइन बस्नु पर्ने उहाँको भनाईछ ।
प्रकाशित : २०७८ मंसिर १३ सोमबार