
काठमाडाैं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुन लागेको हो । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे बाट सुरु हुनेछ । दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । भने आर्मी पहिलो जितको खोजीमा हुनेछ ।
प्रकाशित : २०७८ मंसिर १३ सोमबार