दक्षिण अफ्रिकाद्वारा यात्रा प्रतिबन्ध हटाउन आग्रह

[sharethis-inline-buttons]

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालले छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गर्नुभएको छ । कोरोनाभाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण आफ्नो देशमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको घोषणालाई दक्षिण अफ्रिकाका राष्ट्रपतीले आलोचना गर्नुभएको हो ।

यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान समेत गरिएको छ । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली सङ्घलगायत अन्य देशहरू रहेका छन् । कोरोनाभाइरसको नयाँ स्वरुप ओमिक्रोन यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो । दक्षिण अफ्रिकाले यात्रा प्रतिबन्ध लगाएका देशको अर्थतन्त्रमा असर पर्ने भन्दै आफ्नो निर्णय तत्काल र्फिता लिन आवहन गरिएको हो ।


प्रकाशित : २०७८ मंसिर १३ सोमबार