एमाले अध्यक्षमा भीम रावल दर्ता गरे उम्मेदवारी

[sharethis-inline-buttons]

काठमाडौं । एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । योसँगै अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनमा जारी दसौं महाधिवेशनमा अध्यक्षका लागि ओली र रावलको उम्मेदवारी परेको हो ।

अध्यक्ष ओलीले पटकपटक रावललाई प्रतिस्पर्धामा नउत्रन आग्रह गरे पनि रावलले निर्वाचनमै जाने बताएका हुन् ।ओलीले पदाधिकारीको नाम घोषणा गर्नुअघि उपाध्यक्ष बन्न रावललाई आदेश दिएका थिए ।

महाधिवेशन हलले आग्रह गर्दा रावलले स्वीकार्न सक्ने भन्दै हलमार्फत् पनि उपाध्यक्षमा बस्न र अध्यक्षमा प्रतिस्पर्धा नगर्न उनलाई दबाब दिएका थियो । तर रावलले सवै कुरा अस्वीकार गर्दै ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।रावलले आफूले पार्टी विभाजन नरोजेको र ‘विभाजनको चरणमा काँध थापेको’ बताए। पार्टीभित्र विभिन्न प्रकारका अन्तरविरोध देखिएको र त्यो आफ्ना लागि खुसीको क्षण नभएको उनको भनाइ थियो।

‘साथीहरू सुत्न पाउनुभएको छैन,’ रावलले भने, ‘अध्यक्ष मण्डलका अध्यक्षले निर्देशन दिएपछि मैले बोल्नैपर्ने भयो। उम्मेदवारी घोषणा गरेपछि अब मलाई फर्कन गाह्रो छ। मैले लड्नैपर्छ।’


प्रकाशित : २०७८ मंसिर १३ सोमबार