केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेले केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पारित गरेको छ । चितवनको सौराहामा जारी बन्दसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बडालको नेतृत्वमा ११ महिला र १४ जना पुरुषको नाम पेश गरेका थिए । साथै ओलीले लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम पनि पेश गरेका थिए । दुबै आयोग हलले ताली पड्काएर पारित गरेको हो ।

 


प्रकाशित : २०७८ मंसिर १३ सोमबार