
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेकपा एमालेको महाधिवेशनमा आपत्तिजनक एवं खतरनाक दृश्य देखिएको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई बेबारिस बनाएर बन्दसत्रलाई तुहाएको रावलको आरोप छ ।
‘एक–दुई दिनका घटनाबाट मलाई त के लाग्न थालेको छ भने प्रतिनिधिसधभाका दुईवटा विघटन र यो दुई दिनसम्म उम्मेद्वारी दिन नपाउने घटनालाई एकै ठाउँमा राखेर हेर्दा लोकतन्त्रलाई सिध्याउन खोजिएको भनेर त्यतिबेला उठेको प्रश्नमा सार्थकता पो थियो कि ?’, उनले थपो ‘म पार्टीको उपाध्यक्षले आफ्नो महाधिवेशनमा उम्मेद्वारी दिनसमेत नपाउने भनेपछि यस्ता नेताले देशको लोकतन्त्रको रक्षा गर्छु, जनताका निम्ति काम गर्छु भन्नु कत्तिको पत्याउने कुरा हो ?’