सहिद प्रमोद सदा मुसहरका मातापिता र बस्ने घर

[sharethis-inline-buttons]

काठमाडाैं । सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् । नेपालमा पनि विभिन्न कालखण्डमा हजारौ व्यक्तिले देश र जनताका लागि जिवनको बलिदान दिए ।

देश र समाज परिवर्तनका खातिर जिवनको आहुति दिए । आज तिनै सहिदका परिवारको समेत जिवन परिवर्तन हुन सकेको छैन । तर सहिदको सपना र लासलाई कुल्चेर राजनीति गर्नेहरुको जिवनमा भने आमुल परिवर्तन आयो । कयाैं सहिदका परिवारहरूले अझै सम्म पनि बस्नका लागि राम्रो बास पाउन सकेका छैन ।

देशका लागि बलिदान दिने हजारौ सहिदमध्येका मधेसी सहिद प्रमोद सदा मुसहरका बाबुआमाको अबस्था त्यस्तै छ । सहिद प्रमोद सदा मुसहरका माता पिताको बस्ने घरको छानोले पानी ,घाम केही छेक्दैन । तस्बिरमा देखाइएको घरमा उनीहरुले हजारौ दुखका रात कटाएका छन् । यही घर, परिवार र देश परिवर्तनका खातिर प्रमोद सदाले ज्यानको बलिदान दिए । तर घर , परिवार, देशको अबस्था जहाँको त्यही छ ।


प्रकाशित : २०७८ मंसिर १२ आईतवार