अध्यक्ष कपमा गोल्ड मेडल प्राप्त गर्ने भोजपुरका खेलाडीलाई सम्मान 

[sharethis-inline-buttons]

भोजपुर – गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई आई.टि.एफ तेक्वान्दो भोजपुरले सम्मान गरेको छ । गत कार्तिक २६ र २७ गते मोरङमा भएको अध्यक्ष कपमा भोजपुर जिल्लाबाट गएर गोल्ड मेडल प्राप्त गर्ने खेलाडी रोमिला राईलाई सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

भोजपुरमा आई.टि.एफ सञ्चालन भएको करिब डेढ दशक हुन लाग्दा विभिन्न समयमा ५० भन्दा धेरै गोल्ड मेडल भित्रिएको छ । तर पछिल्लो समयमा कोरोना भाईरसको कारण खेलकुद गतिविधि नहुँदा खलाडीहरु पछि परेकोले प्रोत्साहन स्वरुप सम्मान गरिएको आई.टि.एफ तेक्वान्दोका जिल्ला अध्यक्ष सुरेश राईले बताए ।

कार्यक्रममा षडानन्द नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विनेश राई, भोजपुर उद्योग वाणिज्य संघ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर १२ आईतवार