
चितवन । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । सौराहास्थित पार्क सफारी होटलमा बसेर केपी ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका हुन् । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले अध्यक्ष ओलीलाई रुजुका लागि बुझाइएको छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न पार्क सफारी होटलमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले आज दिनभरजसो गृहकार्य गरेको थियो । सुची तयार पार्नुअघि पार्टी अध्यक्ष ओलीले केहि केन्द्रीय सदस्यहरूसँग बेग्लाबेग्लै छलफल गरेका थिए । एमाले नेता पृथ्वी सुब्बा गुरुङले करिब ९० प्रतिशत काम सकिएको बताएका छन् ।