थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०२ हजार ३८९ पुगेको छ ।थप २ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।


प्रकाशित : २०७८ मंसिर १२ आईतवार