
काठमाडौं । सर्लाहीमा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा नगरपालिका–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन ।
उनका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकी मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।
प्रकाशित : २०७८ मंसिर १२ आईतवार