कोरोनाभाइरसको नयाँ भेरिएन्टको जोखिम नेपालमा पनि सीसीएमसीसीको बैठक बस्दै

[sharethis-inline-buttons]

काठमाडौं । आज सीसीएमसीसीको बैठक बस्ने भएको छ । कोरोनाभाइरस कोभिड­– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि
सीसीएमसीसीको बैठक बस्ने भएको हो ।

दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न अहिले केहिबेरमा बैठक बस्ने भएको हो । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरिसकेको छ । नेपालमा अहिले सम्म कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नदेखिएकाले आत्तिनु पर्ने अवस्था नरहे पनि सचेत हुनु पर्ने विज्ञहरुले बताएका छन् ।


प्रकाशित : २०७८ मंसिर १२ आईतवार