
काठमाडौं । कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएको छ ।भारतमा नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन बैठक बोलाएर आवश्यक सतर्कता अपनाउने नीति लिएका छन् ।
अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न मोदीले अधिकारीहरूलाई निर्देशन दिएका छन् ।कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको बताइएको छ ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेका छन् ।
प्रकाशित : २०७८ मंसिर १२ आईतवार