पार्टीभित्र प्रतिष्पर्धा होइन, एकता मुख्य कुरा हो -ओली

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लोकतन्त्र भनकै सहमति र समझदारी रहेको बताएका छन् । शनिवार चितवनमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले पार्टीभित्र अहिले प्रतिष्पर्धाभन्दा एकता मुख्य भएको बताएका हुन् ।

लोकतन्त्र भन्ने कुरा एउटै आधारमा हुन्छ भन्ने नबुझ्न उनले आग्रह गरे ।उनले पार्टीभित्रको लोकतन्त्रको बारेमा आफूले बारम्बार भनेको बताउँदै भने–‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो । विपक्षीसँगको हाम्रो संघर्ष प्रतिस्पर्धामा हुन्छ । पार्टीभित्रको प्रतिस्पर्धा मूल्याङ्कनमा हुन्छ ।’

सम्बोधनका क्रममा उनले भावनात्मक कुरा पनि गरेका छन् । उनले आफु कति बाच्ने थाहा नभएको तर नेता÷कार्यकर्ता देख्दा आज ढुक्कले निद्रा लाग्ने बताए ।

‘म कति बाँच्छु थाहा छैन। म धेरै जीर्ण स्वास्थ्यबाट गुज्रिएर आएको हो। त्यति साह्रो भर नहुन सक्छ। तपाईंहरूजस्ता तेज तरार नेता/कार्यकर्ता देख्दा आज ढुक्कले निद्रा लाग्छ, खाना रूच्छ। देश, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुनिश्चित देख्छु,’ ओलीले भने,‘समृद्धिको यात्रा सुनिश्चित भएकोमा आन्नदले निद्रा लाग्छ। यस्ता कार्यकर्ता भएको पार्टीको अध्यक्ष हुन पाउँदा गर्व लाग्छ।’


प्रकाशित : २०७८ मंसिर ११ शनिबार