
काठमाडौं । सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सुरु भएको हो अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् । नेकपा एमालेको राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ ।
चितवनको नारायणी नदी किनारमा हिजो उद्घाटन गरिएको महासधिवेशनको बन्दसत्र आजबाट सुरु भएको हो । बन्दसत्रमा गएराति बसेको केन्द्रीय कमिटीको निर्णय पारितका लागि पेश गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।
प्रकाशित : २०७८ मंसिर ११ शनिबार