एक मत आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने भिम रावलको उद्घोष

[sharethis-inline-buttons]

काठमाडौं । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनले पत्रकारहरूसँगको कुराकानीमा एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका हुन ।

अहिलेसम्म भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि गएराति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी बढाउने निर्णय गरेको थियो । यससँगै आकांक्षीहरु पनि बढेकाले नेताहरुको व्यवस्थापन गर्न सकस भइरहेको बुझिएको छ । अध्यक्ष ओली भने सकेसम्म चुनाव नगराउने मुडमा रहेको निकटस्थ नेताहरुले बताइरहेका छन् ।


प्रकाशित : २०७८ मंसिर ११ शनिबार