एमाले महाधिवेशन निर्वाचन आचारसंहिता : मादक पदार्थ सेवन गरेर प्रचार गरे उम्मेदवारी रद्द हुने

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता समेत तयार पारिएको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए ।

एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को धारा २६(५)(ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको हो ।८ बुँदे आचारसंहितामा निर्वाचनका समयमा पालना गर्नुपर्ने सामान्य आचरणहरूको विषय समेत उल्लेख गरिएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ । आयोगले आचार संहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको व्यवस्था रहेको छ । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ ।

 

 


प्रकाशित : २०७८ मंसिर ११ शनिबार