देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । गएराति भक्तपुरमा टिपरले ठक्ककर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा बा ३ ख ५४२३ नम्बरको टिपर र बा ५७ प ३११३ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका ललितपुरको कुसुन्ती बस्दै आएका धनकुटाका २४ वर्षका असिम लिम्बुको उपचारको क्रममा इवामुरा अस्पताल भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते स्कुटर पहाडी सवार ललितपुर पाटनका २६ वर्षका सन्दिप महर्जनको इवामुरा अस्पतालमा उपचार भइरहेको छ । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको सीमपानीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् । गएराति ना १६ प १८३५ नमर मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार बासामाडीका प्रमोदकुमार लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक हेटौडा १८ का ३८ वर्षका सन्तोष थापाको उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासीको कावासोतीमा बसको ठक्करबाट बस धनीको मृत्यु भएको छ । राति ४० किलोको जङ्गलमा भएको जाम खुल्ने वित्तिकै चालकले बस चलाउँदा अगाडि रहेका बस धनी बाराका रमेश राउतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राउतको उपचारका क्रममा मध्यविन्धु अस्पतालमा मृत्यु भएको हो ।

रुकुम पश्चिमको मुसिकोटा नगरपालिका १४ छेवाङखोलामा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय भिमबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । रा ५ प ४३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा ४० वर्षका खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।


प्रकाशित : २०७८ मंसिर ११ शनिबार