
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको संख्या बढेको छ । गएराति बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको विधान संसोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको भए पनि गएरातिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा भएको सहमति अनुसार अब एमालेको कन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय बन्ने, १५ सदस्यीय पदाधिकारी रहने यसअघिको व्यवस्थालाई परिवर्तन गरी १९ सदस्यीय बनाउने, ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहने नेता विष्णु रिजालले सीआईएनलाई जानकारी दिनुभयो । एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि सौराहा बैठकले पारित गरेको छ । यसअघि एमालेले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।