आफ्नो झगडा र कमजोरी छताछुल्ल पार्दा बाह्य शक्तिले मौका पाए -चित्र बहादुर केसी

[sharethis-inline-buttons]

काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले कम्युनिष्ट पार्टीहरुले आफ्नो कमजोरी झगडा र कमजोरी छताछुल्ल पार्दा बाहिय शक्तिले खेल्न पाएको बताउनु भएको छ ।

नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रम चितवनमा बोल्दै उहाँले आफै झगडा र टुटफुटमा लागेर दोष जति बाह्य शक्तिलाई मात्र दिन नमिल्ने बताउनु भयो ।

सबैभन्दा बढी झगडा कम्युनिष्ट आन्दोलनमा भएको भन्दै कम्युनिष्ट पार्टीहरुले औकात देखाउँदा शाह्य शक्तिले खेल्न पाएको उहाँले उल्लेख गर्नुभयो ।

राजनीतिक दलहरुले जनता समझ आफूहरुका कारण समस्या परेको भन्दै माफि माग्नुपर्ने अध्यक्ष केसीले बताउनु भयो । उहाँले २००६ सालदेखि नै वामशक्तिहरुमा अन्तरविरोध र एकताहरु हुँदै आएको भन्दै जनतालेहरुले सबै कम्युनिष्ट एक ठाउँ होस् भन्ने चाहे पनि त्यो व्यवहारमा संभव नदेखिएको उल्लेख गर्नुभयो ।

अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी नगएको केसीको भनाइ थियो । राजनीतिक पार्टीहरुलाई एक अर्कालाई दोष लगाउन बाहेक केही उपलव्धी नभएको उहाँको भनाइ थियो ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार