जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धी संस्थागत हुन सकेन – उपेन्द्र यादव

[sharethis-inline-buttons]

काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले दोस्रो जनआन्दोलन र मधेश आन्दोलनको उपलव्धी संस्थागत हुन नसकेको बताउनु भएको छ ।

नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले उपलव्धीहरु जालझेल र षडयन्त्रबबाट निकालेर जनताले अनुभुती गर्न नपाउने स्थितीको सृजना गरिएको आरोप लगाउनु भयो ।

उहाँले देशमा राजनीतिक संस्कार समाप्त हुँदै गएको भन्दै राजनीतिक संस्कार बनाउनुपर्ने बताउनु भयो ।

यस्तै भएका कमजोरी हटाएर संघियता समावेशीता जनताप्रति जवादेहि बनाउनुपर्ने उहाँको धारणा थियो ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार