
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्ष नेपालको भएको बताएका छन् ।साना भुउपग्रह यसअघिनै पठाइसकिएको भन्दै उनले अब ठूलो भुउपग्रह पठाउने बताए । चितवनमा जारी आफ्नो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब देशका कामहरु स्टारलाइटको माध्यमबाट हुने बताए ।
“समुन्द्रमा सानो भुउपग्रह पठाइसक्यो, अब ठूलो पठाउँछौं, अब अन्तरिक्ष पनि हाम्रो हो , दाबी गछौं,” उनले भने ।
आफ्नो सरकारले अन्तरक्षिमा ठाउँ सुरक्षित गरेको पनि बताए । “समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो,” उनले भने ।
प्रकाशित : २०७८ मंसिर १० शुक्रबार