काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले दोस्रो जनआन्दोलन र मधेश आन्दोलनको उपलव्धी संस्थागत हुन नसकेको बताएका टछन् ।
नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले उपलव्धीहरु जालझेल र सडयन्त्रबबाट निकालेर जनताले अनुभुती गर्न नपाउने स्थितीको सृजना गरिएको आरोप लगाए ।
उनले देशमा राजनीतिक संस्कार समाप्त हुँदै गएको भन्दै राजनीतिक संस्कार बनाउनुपर्ने बताए । यस्तै भएका कमजोरी हटाएर संघियता समावेशीता जनताप्रति जवादेहि बनाउनुपर्ने उनको धारणा थियो । महाधिवेशन देश र जनताको पक्षमा रहोस् भन्ने कामना गरे ।
साथै ठाकुरले संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।