कमल थापाले एमाले अध्यक्षकाे प्रशंसा गर्दै भने ‘ओली राष्ट्रियताका प्रतीक हुन्’

[sharethis-inline-buttons]

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण शक्ति भएको बताएका छन् ।चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित उदघाटनसत्रमा सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तिव्ररुपले बढेर गएको उनले टिप्पणी गरे । राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिन भारतीय नाकाबन्दीलाई समाप्त पार्न नेपाल सफल भएको उनकाे भनाइ थियाे ।साथै ओली नेतृत्वको पछिल्लो सरकारका समयमा दीर्घकालिन महत्व राख्ने दुई कार्य भएको पनि थापाले उल्लेख गरे।

‘ओलीलाई सधैं सम्झिने छ २ कार्य कार्य भएका छन्,’ थापाले भने, ‘मधेसमा पृथकतावादी आन्दोलन गरिरहको एउटा शक्ति मुलधारमा आएको छ। विप्लव माओवादीलाई पनि मुलधारमा ल्याउनुभएको छ।’

लिम्यिाधुरा समेत समेटर पूर्ण नक्सा प्रकाशित हुनुलाई उनले ओलीको अर्को अविश्वरमणीय कार्य भएको बताए। दोस्रो कार्यकालका अन्य परिघटनामा असहमित रहेको बताएका थापाले ओलीको पहिलो कार्यकालको थप प्रशंसा गरे।
भारतीय नाकाबन्दी ओलीकै दृढताले असफल भएको उनले बताए।

वर्तमान व्यवस्थाप्रति असहमति राख्दै आएका थापाले एमालेको महाधिवेशनमा २०६३ सालको आन्दोलनले दिएको म्याण्डेट पुरा नभएको तर्क अघि सारे। ‘२०६३ सालको परिवर्तन पश्चात् हामी कहाँ हिडेको थियौं, कहाँ आइपुगेका छौं। गम्भीर समीक्षा यो महाधिवेशनले गर्नुपर्नेछ।’

धर्म निरपेक्षताको विरोधमा रहेका थापाले एमाले महाधिवेशनले त्यसका विषयमा पनि बहस गरोस् भन्ने चाहना व्यक्त गरे। योजनावद्ध धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै थापाले आपत्ति जनाए।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार