
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ ।महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा पुग्नुभएको छ । त्यसै गरी एमालेका अरु शीर्ष नेता र बिभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन स्थलमा पुगेका छन् ।
उद्घाटन कार्यक्रम चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भइरहेको छ ।अहिले दशौँ महाधिवेशनमा शीर्ष नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाउनुभएको छ । चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गर्नुभयो ।