काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएका थियो ।
त्यही अनुसार आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुको बिच भेटवार्ता भएको हो । यसअघि गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धारणापत्र बुझाएको थियो । भेटमा प्रधानमन्त्री देउवाले समस्या समधानका लागि पहल गर्ने बताउनु भएको थियो ।