माओवादी नेता पुनको स्वास्थ्य गम्भीर,थप उपचारका लागि थाईल्याण्डबाट चीन लगियो

[sharethis-inline-buttons]

१० मंसिर, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थयमा थप समस्या देखिएको छ । डेढ महिनादेखि थाईल्याण्ड स्थित बैंककको समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थमा कुनै सुधार नआएपछि थप उचारका लागी चीन लगिएको छ ।

नेता पुनसँगै पूर्वसभामुख तथा उहाँकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन जानुभएको छ । पुनको आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने स्रोतले बताएको छ । विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिस रोगबाटपिडित पुन पिडित हुनुहुन्छ ।काठमाण्डौको प्रमुख अस्पतालहरुमा उपचार हुन नसकेपछि दिल्ली लगिएको थियो । त्यहाँ पनि थप उपचार हुन नसकेपछि थाईल्याण्ड हुँदै चीन लगिएको छ ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार